सरकारले भन्यो – पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षातर्फ सचेत छ

हिमाल प्रेस २६ वैशाख २०८२ १६:५१
18
SHARES
सरकारले भन्यो – पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षातर्फ सचेत छ

काठमाडौँ- सरकारले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवं नेपालीहरूको सुरक्षातर्फ पूर्णरूपमा सचेत रहेको जनाएको छ।

परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर हालै विकसित भारत र पाकिस्तानबीचको विवादका सन्दर्भमा यस्तो जनाएको हो।

‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ नेपाल सरकार पूर्णरूपमा सचेत छ,’ परराष्ट्रले भनेको छ।

पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नपालीहरूसँग निरन्तर सम्पर्कमा रहेर काम गरिरहेको परराष्ट्रले जनाएको छ।

परराष्ट्र मन्त्रालयले तत्कालै कुनै सहयोग आवश्यक परेको खण्डमा इस्लामाबादस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ।

प्रकाशित: २६ वैशाख २०८२ १६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast