
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्।
भेटका क्रममा पहलगाम घटना र अहिले जारी भारत–पाकिस्तानबीचको तनावबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
राजदूत श्रीवास्तवले आतंकवादीविरूद्ध भारत सरकारले चालेको कदमबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए। उनले भारतले जवाफी कारबाही गरेको बताएका थिए।
भारत–पाक तनावबारे नेपाल सरकारका तर्फबाट बिहीबार सार्वजनिक भएको वक्तव्यप्रति उनले धन्यवाद दिए।
यस अवसरमा प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिको पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतंकवादी गतिविधिविरूद्ध आफ्नो दृढ अडानअनुसार आतंकवादी आक्रमणको भत्र्सना गरेको बताए।