देशमा भइरहेकाे अन्याय र अत्याचार विरुद्ध ‘नरसिंहा अवतार’, ट्रेन्डिङमा ट्रेलर

हिमाल प्रेस २६ वैशाख २०८२ ११:५३
26
SHARES
देशमा भइरहेकाे अन्याय र अत्याचार विरुद्ध ‘नरसिंहा अवतार’, ट्रेन्डिङमा ट्रेलर

काठमाडौँ- राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहा अवतार’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक भएको २४ घण्टा नपुग्दै युट्युबको ट्रेन्डिङमा परेको छ।

शुक्रबार बिहानसम्म ५ लाख भन्दा बढी भ्युज बटुलिसकेको छ। ट्रेलरमा देशमा भइरहेको हत्या, हिंसा, भ्रष्टाचार, बलात्कारजस्ता जघन्य अपराधको विरुद्ध नरसिंहा अवतार लिई अन्याय र अत्याचारको अन्त्यको लागि जन्मिएको पुरुषको बहादुरी देखाइएको छ।

मुख्य भूमिकामा छन् अभिनेता राजेश हमाल। उनले ८ वर्षपछि फिल्ममा कमब्याक गरेका हुन्। उनको एक्सनले भरिएको दृश्य ट्रेलरमा प्रस्तुत गरिएको छ। साथै नीति शाहको जोडीको रुपमा पनि प्रस्तुत भएका छन्। खलपात्रको भूमिकामा प्रशान्त ताम्राकार छन्।

फिल्ममा राजेश, नीति र प्रशान्तसहित राज कटुवाल, सरोज खनाल, निर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, रमेश चन्द सोडारी, दीपा शाही, आशा पौडेल, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवरलगायत कलाकारको अभिनय छ।

फिल्म दिवाकर भट्टराइको निर्देशनमा बनेको छ। चन्द्र पन्तको कथा रहेको फिल्मको पटकथा निर्देशक भट्टराईले नै तयार पारेका हुन्। फिल्म यही जेठ ९ देखि प्रदर्शन हुनेछ।

राजु तामाङको एक्सन निर्देशन, कविराज गहतराज, माइकल चन्द र रामजी लामिछानेको कोरियोग्राफी, राजु थापाको डीओपी, करण सिंहको प्रोडक्सन म्यानेजर, समिर मियाको भीएफक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादनमा बनेको छ।

नेम महर्जनको लगानी गरेको फिल्मको निर्मातामा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने छन्। फिल्म क्रिएटिभ सिने आर्टको ब्यानरमा बनेको छ।

यस्ताे छ ट्रेलर

प्रकाशित: २६ वैशाख २०८२ ११:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast