पूर्वप्रधानमन्त्री माधव नेपालको स्वास्थ्यमा सुधार

हिमाल प्रेस २६ वैशाख २०८२ ११:३९
50
SHARES
पूर्वप्रधानमन्त्री माधव नेपालको स्वास्थ्यमा सुधार माधवकुमार नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ।

उनको मुटुमा समस्या देखिएपछि बिहीबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी एन्जिओप्लास्टी गरिएको हो।

मुटुको उपचारपछि उनलाई केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन्।

पूर्वप्रधानमन्त्री नेपाललाई सघन उपचार कक्षमा राखिएको छ। उनको स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए।

प्रकाशित: २६ वैशाख २०८२ ११:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast