हलमा लाग्यो ‘जार’ र ‘ऊनको स्वीटर’

हिमाल प्रेस २६ वैशाख २०८२ १०:५५
12
SHARES
हलमा लाग्यो ‘जार’ र ‘ऊनको स्वीटर’

काठमाडौँ- शुक्रबार बिहानदेखि हलमा फरक विषयमा आधारित दुई नेपाली फिल्म प्रदर्शन भइरहेको छ, ‘जार’ र ‘ऊनको स्वीटर’।

‘जार’ साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित फिल्म हो। यो उनको कथासंग्रह ‘विपना कतिपय’ मा संकलित छ। फिल्ममा तत्कालीन समयको शासन व्यवस्थाले जारलाई दिने सजायको कथा प्रस्तुत गरिएको छ। सौगात मल्ल, अनूप विक्रम शाही, गीताञ्जली थापा मुख्य भूमिकामा रहेकाे फिल्म फुर्वा छिरिङ लामाले निर्देशन गरेका हुन्। करिब सय सो सहित पहिलो दिन हलमा चलिरहेको छ।

त्यस्तै, ‘ऊनको स्वीटर’ प्रेमकथा बनेको छ। नवीन चौहानको लेखन र निर्देशनमा बनेको फिल्म हो ‘ऊनको स्वीटर’। चौहानले यही फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन्। फिल्मको कथा अन्तरजातीय प्रेम कथामा आधारित छ। फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, सुनिल पोखरेल, प्रेम सुब्बा, विल्सन विक्रम राई, माओत्से गुरुङ, सुरज तमूलगायत कलाकारको अभिनय छ। आर्टमाण्डूले निर्माण गरेको यो पहिलो फिचर फिल्म हो। पहिलो दिन हलमा फिल्मले करिब दुई सय सो पाएको छ।

प्रकाशित: २६ वैशाख २०८२ १०:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast