
काठमाडौँ– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको बताएका छन्।
श्रीलंकाको कोलम्बोमा आयोजित एकीकृत बहुपक्षीय जोखिम पूर्वचेतावनीसम्बन्धी मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दे मन्त्री अधिकारीले यस्तो बताएका हुन्।
उनल नेपाल तराईको समथर भुभागदेखि उच्च हिमाली क्षेत्रसम्म फैलिएको भुगोलका कारण पनि विभिन्न प्रकारका प्रकोपको उच्च जोखिममा रहेको र प्रत्येक वर्ष बाढी,पहिरो खडेरी ,शीतलहर ,चटयाङ, हिमताल विस्फोट जस्ता घटनाका कारण ठूलो क्षति, पूर्वाधारको विनाश र आर्थिक गतिविधिमा गम्भीर प्रभाव पर्ने गरेको बताए।
कृषिमन्त्री अधिकारीले जोखिम सम्बन्धी सूचनालाई राष्ट्रिय तथा स्थानीय विकास योजनामा समावेश गर्न, सस्ंथागत क्षमता अभिवृद्धि गर्न र जीवनरक्षात्मक जानकारी संवेदनशील समुदायलाई समयमै पु¥याउने कार्यमा नेपाल प्रतिबद्ध रहेको उल्लेख गरे।
जलवायु परिवर्तनले जोखिमहरुको आवृति र अनिश्चितता झन बढाएको उल्लेख गर्दै यसको बढी मार दुर्गम र पहाडी क्षेत्रका समुदायले खेपिरहेको अधिकारीले बताए।