भारत-पाकिस्तान युद्धमा नेपाल सरकारको धारणा सार्वजनिक गर्न सांसद दाहालको माग

हिमाल प्रेस २५ वैशाख २०८२ १३:०९
18
SHARES
भारत-पाकिस्तान युद्धमा नेपाल सरकारको धारणा सार्वजनिक गर्न सांसद दाहालको माग

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले भारत र पाकिस्तानबीचको युद्धबारे नेपाल सरकारको आधिकारिक धारणा स्पष्ट गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद दाहालले यस्तो संवेदनशील अन्तर्राष्ट्रिय विषयमा सरकार मौन बस्नु अस्वाभाविक भएको टिप्पणी गरे। ‘भारत र पाकिस्तानबीचको विवाद झन् चर्किंदै गएको छ, तर सार्क अध्यक्ष रहेको नेपाल सरकारले अझैसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन,’ सांसद दाहालले भने।

भारतको आक्रमणपछि पाकिस्तानले कडा प्रतिकार गर्ने चेतावनी दिइसकेको सन्दर्भमा उनले नेपालले आफ्नो परराष्ट्र नीति अनुरूप स्पष्ट र सन्तुलित प्रतिक्रिया जनाउनुपर्नेमा जोड दिए। ‘सरकार किन मौन? यसबारे प्रतिनिधिसभालाई जानकारी दिनुपर्छ,’ उनले भने।

दाहालले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को अध्यक्ष राष्ट्रको हैसियतले नेपालले क्षेत्रीय शान्ति, स्थायित्व र समन्वयका लागि पहल गर्नुपर्नेमा समेत ध्यानाकर्षण गराए।

प्रकाशित: २५ वैशाख २०८२ १३:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast