जलविद्युत् आयोजना, प्रहरीको दुर्व्यवहार र रासायनिक मल अभावबारे सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

हिमाल प्रेस २५ वैशाख २०८२ १२:४९
10
SHARES
जलविद्युत् आयोजना, प्रहरीको दुर्व्यवहार र रासायनिक मल अभावबारे सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद अमनलाल मोदीले डोल्पा जिल्लामा निर्माण हुने भनिएको जगदुल्ला जलविद्युत् आयोजनाको खरिद प्रक्रियामा अनियमिता भएको आरोप लगाउँदै तत्काल छानबिन गर्न माग गरे।

‘आयोजनाको खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा नियमावली विपरीत काम भएको बुझिएको छ,’ सांसद मोदीले भने,’नेपालबाट भइरहेको अवैध पुँजी पलायन रोक्न र विदेश गइसकेको रकम फिर्ता ल्याउन आवश्यक प्रक्रिया अघि बढाइनुपर्छ।’

बैठकमा सांसद विमला सुवेदीले काठमाडौँको कोटेश्वर-तिनकुने क्षेत्रमा सार्वजनिक सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु र तीन जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई क्षतिपूर्ति तथा घाइतेहरूको उपचार व्यवस्था गर्न सरकारसँग आग्रह गरिन्। साथै, उनले सरकारले लिएको २० वर्षभन्दा पुराना सवारीसाधन विस्थापन गर्ने नीतिको प्रभावकारी कार्यान्वयन नभएको गुनासो गरिन्।

त्यस्तै, सांसद प्रभु साहले तराईका सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले स्थानीय नागरिकलाई अनावश्यक दुःख दिने कार्य तत्काल रोक्नुपर्नेमा जोड दिए। उनले देशभर रासायनिक मलको अभाव हुन नदिन पूर्वतयारीका साथ तत्काल समाधानका उपायहरू अवलम्बन गर्न सरकारसँग माग गरे।

प्रकाशित: २५ वैशाख २०८२ १२:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast