
चितवन- रेबिज लागेर इच्छाकामना गाउँपालिका-२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ।
उनको भरतपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए।
केही महिनाअघि उनलाई कुकुरले टोकेको थियो। उपचारमा विलम्ब हुँदा उनको मृत्यु भएको हो। उनले उपचारका लागि हिजो बुधबार अस्पताल भर्ना भएका थिए।
प्रकाशित: २५ वैशाख २०८२ ९:४२
प्रतिक्रिया