जम्मु-कास्मिरस्थित पहलगाममा भएको आतंकवादी घटनाको लोकतान्त्रिक मोर्चाद्वारा भर्त्सना

हिमाल प्रेस २५ वैशाख २०८२ ९:२१
58
SHARES
जम्मु-कास्मिरस्थित पहलगाममा भएको आतंकवादी घटनाको लोकतान्त्रिक मोर्चाद्वारा भर्त्सना

काठमाडौँ- संघीय लोकतान्त्रिक मोर्चाले भारतको जम्बु-कास्मिरस्थित पहलगाममा भएको आतंकवादी हमलाप्रति कडा भत्सर्ना गरेको छ।

बुधबार बसेको मोर्चाको बैठकले बैठकले वैशाख ९ गते भारतको काश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलाप्रति कडा भत्सर्ना गरेको छ।

उक्त घटनामा नेपाली नागरिक सुदिप न्यौपानेसहित २८ जना भारतीय पर्यटकको ज्यान गएकोप्रति मोर्चाले गहिरो दुःख व्यक्त गर्दै यसलाई मानवता विरोधी जघन्य अपराध भनेको छ। साथै गठनपछि पहिलो पटक बसेको मोर्चाको बैठकले चार बुँदे निर्णय सार्वजनिक गरेको छ ।

बैठकले वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको ‘गैरकानुनी गिरफ्तारी’ भएको भन्दै त्यसको घोर विरोध र भत्सर्ना गरेको छ । मोर्चाले यस कार्यमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।

त्यस्तै, विभिन्न जनआन्दोलन, मधेश विद्रोह, किराँत लिम्बुवान आन्दोलन लगायतका क्रममा थुनामा राखिएका सबै राजवन्दीलाई बिना सर्त रिहा गर्न र झुठा मुद्दाहरू खारेज गर्न सरकारसँग आग्रह गरिएको छ। अन्त्यमा, नेपाल सरकारले अतीतमा आन्दोलनरत पक्षहरूसँग गरेको सम्झौता अविलम्ब कार्यान्वयन गर्नुपर्ने माग पनि बैठकले गरेको छ।

प्रकाशित: २५ वैशाख २०८२ ९:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast