
काठमाडौँ- भारतको जम्मु-कश्मीरको पहलगाम क्षेत्रमा सोमबार भएको आतंकबादी आक्रमणप्रति लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आक्रोश व्यक्त गरेको छ।
यसअघि सोही स्थानमा बुटवल निवासी नेपाली नागरिक सुदीप न्यौपानेसहित २९ जना पर्यटकको नृशंस हत्या गरिएको घटनाप्रति लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले गहिरो दुःख प्रकट गर्दै आक्रोश व्यक्त गरेको हो।
उक्त हमलाको प्रतिशोधस्वरूप भारतीय सेनाले ‘अपरेशन सिन्दुर’ सञ्चालन गर्दै पाकिस्तान शासित कश्मीरका विभिन्न ९ वटा आतंकी सेल्टरमा हवाई आक्रमण गरी ध्वस्त पारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
लोसपा नेपालका महासचिव डा सुरेन्द्र कुमार भाद्वारा जारी प्रेस विज्ञप्तिमा आतंकवादविरुद्धको यस्ता कारबाहीको पार्टीले समर्थन गर्ने उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘विश्वको जुनसुकै कुनामा हुने आतंकवादविरुद्धको कारवाहीप्रति लोसपा नेपाल ऐक्यबद्धता जनाउँछ।’
मृतक सुदीप न्यौपानेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको विज्ञप्तिमा यस्ता आतंकी हमलामा निर्दोष नागरिकको हत्या भई आएकोप्रति पार्टीले गम्भीर भर्त्सना समेत गरेको छ।