विश्व स्मृति एवं मेलमिलाप दिवस आज

हिमाल प्रेस २५ वैशाख २०८२ ८:३१
18
SHARES
विश्व स्मृति एवं मेलमिलाप दिवस आज

काठमाडौँ- आज विश्व स्मृति एवं मेलमिलाप दिवस हो। संयुक्त राष्ट्रसंघको आह्वानमा दोस्रो विश्वयुद्धमा ज्यान गुमाएकाहरूको सम्झना एवं मेलमिलाप दिवसका रुपमा सन् २००४ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो।

राष्ट्रसंघीय महासभाले मे ८ र ९ तारिखमा यो दिवस मनाउन विश्वका सबै देशहरुलाई आह्वान गरेअनुरुप विभिन्न राष्ट्रसंघीय निकाय, गैरसरकारी संस्था तथा व्यक्तिले समाज र देशका निम्ति योगदान आफ्ना अग्रज एवं दोस्रो विश्वयुद्धका सबै पीडितहरूको स्मरण तथा उनीहरुप्रति श्रद्धाञ्जली अर्पण गरेर स्मृति दिवस मनाउँदै आएका छन्।

न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा आज विशेष स्मृतिसभा हुँदैछ।

प्रकाशित: २५ वैशाख २०८२ ८:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast