स्रोत नखुलेको १४ लाखसहित दुई पक्राउ

हिमाल प्रेस २५ वैशाख २०८२ ८:१४
8
SHARES
स्रोत नखुलेको १४ लाखसहित दुई पक्राउ

काठमाडौँ- तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट स्रोत नखुलेको १४ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउपर्नेमा गोरखाको सहिद लखन गाउँपालिका–८ बस्ने २५ वर्षीय विमल श्रेष्ठ र २० वर्षीय भुवन श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

अस्थायी प्रहरी पोष्ट मुग्लिङबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना ४० प २६४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई नगदसहित पक्राउ गरेको हो।

प्रकाशित: २५ वैशाख २०८२ ८:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast