च्याम्पियन्स लिग : आर्सनललाई हराउँदै पीएसजी फाइनलमा, उपाधिका लागि इन्टर मिलानसँग भिड्ने

हिमाल प्रेस २५ वैशाख २०८२ ६:४५
4
SHARES
च्याम्पियन्स लिग : आर्सनललाई हराउँदै पीएसजी फाइनलमा, उपाधिका लागि इन्टर मिलानसँग भिड्ने

काठमाडौँ- इंग्लिस टिम आर्सनललाई स्तब्ध पार्दै पेरिस सेन्ट जर्मन (पीएसजी) युरोपेली च्याम्पियन्स लिगको फाइनल पुगेको छ।

पहिलो लेगमा १-० को सफलता पाएको पीएसजीले बुधबार राति भएको दोस्रो लेग आर्सनल माथि २-१ को जित हात पारेको हो। अब उपाधिका लागि पीएसजीले इन्टर मिलानसँग भिड्ने छ। इन्टर मिलान बार्सिलोनालाई हराउँदै फाइनल आइपुगेको हो।

खेलको २७ औँ मिनेटमा फाबियन रुइजले पिएसजीका लागि पहिलो गोल गरेका थिए। ७२ औँ मिनेटमा एक्राफ हाकिमीले गोल गर्दै पीएसजीको अग्रता फराकिलो बनाएका थिए।

यसैगरी ७६ औँ मिनेटमा बुलायाको साकाले आर्सनलका लागि गोल गरे।

प्रकाशित: २५ वैशाख २०८२ ६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast