
काठमाडौँ- झापाको मेचीनगर ७ स्थित जोरसिमलबाट प्रहरीले ठूलो परिमाणमा भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको गस्तीले मेचीनगर-७ स्थित जोरसिमलमा काँकरभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको बसमा शंका लागि जाँच गर्ने क्रममा भारु १४ लाख ९९ हजार सात सय रुपैयाँ फेला परेको हो।
उक्त रुपैयाँसहित मोरङ उर्लाबारी ८ का ३८ वर्षीय डम्बरबहादुर कार्कीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेड क्वाटर झापाका सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोखरेलले जानकारी दिए।
बरामद नगदसहित कार्कीलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय, इटहरीमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
प्रकाशित: २५ वैशाख २०८२ ६:३२
प्रतिक्रिया