हेटौँडाको भासिएको बोलेरो अझै भेटिएन, भूगर्भविद्ले पनि पाएनन् संकेत

हिमाल प्रेस २५ वैशाख २०८२ ६:२४
22
SHARES
हेटौँडाको भासिएको बोलेरो अझै भेटिएन, भूगर्भविद्ले पनि पाएनन् संकेत

काठमाडौँ- केही दिनअघि हेटौंंडा उपमहानगरपालिका–१६ र १७ को सिमानामा पर्ने गैरीगाउँको सडकमा बलेरो जिप भासिएर बेपत्ता बन्यो। सोही बोलेरो बेपत्ता भएको घटना अहिले रहस्यमय बनेको छ।

बलेरो खोज्ने अनेक उपाय खोजिरहिएको छ। गत वैशाख १९ मा जिप भासिएर बेपत्ता भएको घटना अध्ययनका लागि पुगेको थियो। तर सोही टोलीले पनि नतिजा हात नपारी काठमाडौँ फर्किएको छ।

भूगर्भविद्हरुको टोलीले जिप भासिएको स्थान वरिपरि बोरिङ गरेको पानी संकलन गरी ल्याब परीक्षणका लागि लिएर काठमाडौँ फर्किएको हो।

टोली प्रमुख नारायण अधिकारीले त्यो स्थानवरिपरिको जमिनको अवस्था झन् भासिँदै गएकाले अनुसन्धान कार्यमा अवरोध देखिएकाले पानीको ल्याब परीक्षणबाट आएको ‘रिपोर्ट’ अनुसार दोस्रो चरणको अनुसन्धान र खोजतलास गर्ने कार्यलाई तीव्रता दिइने बताए।

टोलीले मंगलबार र उक्त स्थान वरिपरि खोजतलास गरिए पनि हालसम्म जिप फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक श्यामुल अर्यालले जानकारी दिए।

उनका अनुसार भासिएको स्थान वरिपरि आवतजावत गर्न रोकी थप मानवीय र अन्य सवारीसाधनको क्षति हुन नदिन प्रहरीले सुरक्षा घेरामा राखेको छ।

प्रकाशित: २५ वैशाख २०८२ ६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast