स्रोत नखुलेको करिब १५ लाख भारतीय रुपैयाँसहित एक जना नियन्त्रणमा

हिमाल प्रेस २४ वैशाख २०८२ २१:१७
30
SHARES
स्रोत नखुलेको करिब १५ लाख भारतीय रुपैयाँसहित एक जना नियन्त्रणमा

काठमाडौँ- सशस्त्र प्रहरीले झापाको मेचीनगरपालिकाबाट एक जनालाई स्रोत नखुलेको भारतीय रुपैयाँसहित नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरीले मेचीनगरपालिका–७ स्थित जोरसिमलबाट १४ लाख ९९ हजार ७ सय भारतीय रूपैयाँसहित मोरङको उर्लाबारी बस्ने ३८ वर्षीय डम्बर बहादुर कार्कीलाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाको टोलीले कार्कीलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।

काँकडभिट्टाबाट विराटनगरतर्फ आउँदै गरेको यात्रुवाहक बसमा सवार उनको साथमा फेला परेको रुपैयाँको स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिएको थापाले बताए।

बरामद भएको रुपैयाँमा पाँच सय दरको दुई हजार ९ सय ९९ र दुई सय दरका एक नोट रहेको बताइएको छ। रुपैयाँ कसरी र के प्रयोजनका लागि ल्याएको खुल्न नसकेको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिएका उनलाई बरामद रुपैयाँसहित आवश्यक अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालय इटहरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast