तिलोत्तमा दलित ज्ञान उत्सव हुँदै

हिमाल प्रेस २४ वैशाख २०८२ १९:५५
48
SHARES
तिलोत्तमा दलित ज्ञान उत्सव हुँदै

लुम्बिनी– स्थानीय तहको सक्रियतामा नेपालमै पहिलोपटक दलित ज्ञान उत्सव २०८२ हुने भएको छ। रुपन्देहीको तिलोत्त नगरपालिकामा न्याय, समानता र अधिकारका लागि ‘तिलोत्तमा दलित ज्ञान उत्सव’ गर्ने भएको हो।

बुधबार आयोजित पत्रकार सम्मेलन पालिकाले यही वैशाख २६ र २७ गते विभिन्न कार्यक्रमसहित उत्सव गर्न लागेको जानकारी दिएको हो।

मानवताको सहर बनाउने नगरपालिकाको दीर्घकालिन लक्ष्यअनुसार ११ प्रतिशत जनसंख्या रहेको दलित समुदायका सवालमा बहस सृजना गर्न ज्ञान उत्सव गर्न लागिएको नगरप्रमुख रामकृष्ण खाँणले बताए। तिलोत्तमा नगरपालिकाले आफ्नो वार्षिक कार्यक्रमअनुसार ज्ञानउत्सव गरेको बताए। उनका अनुसार उत्सवलाई दलितको सवालमा दलित तथा गैरदलित समुदाय मिलेर प्राज्ञिक वहस गर्न थालिएको हो।

उपप्रमुख जगेश्वरदेवी चौधरीले गत वर्षको उत्सवभन्दा केही परिस्कृत गरी यो उत्सव गर्न लागिएकाले यसले नयाँ आयाम थप्ने बताइन्। उनले आगामी नीति निर्माणका लागि कार्यक्रमले राम्रो सन्देश प्रवाह गर्ने र सुझाव संकलनसमेत हुने भएकाले आफूहरुले कार्यक्रमलाई सोहीअनुसार सञ्चालन गर्ने बताइन्।

प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नगर घोषणा गरिएको बताउँदै त्यसैको सिलसिलामा तिलोत्तमा दलित ज्ञान उत्सव गर्न थालिएको बताए। उनले मानवताको सहरका रुपमा तिलोत्तमालाई विकास गर्ने रणनीतिअनुसार नै दलित समुदायको योगदानलाई पनि सम्मान गर्न उत्सवले सन्देश दिने बताए।

विभिन्न ११ वटा शीर्षकमा दलित समुदायकेन्द्रित विभिन्न वहस सञ्चालन, विभेदविरुद्ध चित्रकला प्रदर्शन, गीतसंगीत प्रस्तुति, संघीय, प्रदेश तथा स्थानीयस्तरका सरोकारवालाको अनुभव र सामाजिक जागरणको विषयमा चर्चा गर्दै उत्सव सञ्चालन गरिने कार्यपालिका सदस्य सुरेन्द्र श्रीले बताए।

उनले तिलोत्तमा नगरले बजेट निर्माणमा समेत समुदायको लागि काम गरेको बताउँदै उत्सवले समतामूलक र मानवीयताको सहरका रुपमा उभ्याउन ठूलो भूमिका खेल्ने बताए।

दलित समुदायले इतिहासदेखि वर्तमान सम्म र उनीहरुको साहित्य, कला, संस्कृति र दर्शन, जातीय समानताको सन्देश, युवा सशक्तिकरण, साँस्कृतिक संरक्षण र सहभागिताका विषयमा वहस गरिने सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले बताए।

प्रकाशित: २४ वैशाख २०८२ १९:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast