भारतको ‘अपरेशन सिन्दूर’ बारे जानकारी दिने को हुन् दुई महिला सुरक्षा अधिकारी ?

हिमाल प्रेस २४ वैशाख २०८२ १८:१४
124
SHARES
भारतको ‘अपरेशन सिन्दूर’ बारे जानकारी दिने को हुन् दुई महिला सुरक्षा अधिकारी ?

काठमाडौँ- भारतीय सेनाले गएराति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरस्थित आतंकवादी बसेको स्थानमा हवाई आक्रमण गरेको छ।

जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच लगातार तनाव बढेको छ। २२ अप्रिलमा पहलगाममा भएको आक्रमणमा एक नेपालीसहित २६ जनाको ज्यान गएको थियो।

त्यसपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले पहलगाम आक्रमणको जवाफ दिन कडा कारबाही गर्ने चेतावनी दिएका थिए।

पाकिस्तानमा गएराति भएको कारबाहीलाई भारतीय सेनाले ‘अपरेशन सिन्दूर’ भनेको छ। यसबारे जानकारी दिन बुधबार भारतीय सेनाकी दुई महिला अधिकारी पत्रकारहरूमाझ उपस्थित भइन्।

को हुन् तीन महिला सुरक्षा अधिकारीहरू?

कर्नल सोफिया कुरैशी

कर्नल सोफिया कुरैशी भारतीय सेनाकी एक अधिकारी हुन्। सन् २०१६ मा बहुराष्ट्रिय फिल्ड प्रशिक्षण अभ्यास भारतको पुणे सहरमा भएको थियो। एफटीएक्सका ‘फोर्स १८’ मा आसियान प्लस देशहरू सहभागी भएका थिए। त्यो भारतीय भूमिमा आयोजित त्यो बेलाको सबैभन्दा ठूलो स्थल सैन्य अभ्यास थियो।

त्यसमा ४० भारतीय सेनाको नेतृत्व सिग्नल कोरकी महिला अधिकार लेफ्टिनेन्ट कर्नल सोफिया कुरैशीले गरेकी थिइन्। त्यति ठूलो बहुराष्ट्रिय अभ्यासमा भारतीय सेनाको प्रशिक्षण दलको नेतृत्व गर्ने पहिलो महिला अधिकारी बन्ने दुर्लभ अवसर हासिल भएको थियो।

कुरैशी गुजरात राज्यकी हुन्। उनले बायोकेमिस्ट्रीमा स्नातकोत्तर गरेकी छन्। उनी एक सैन्य परिवारबाट आउँछिन्। कुरैशीका हजुरबुबा पनि भारतीय सेना थिए। उनको विहे मैकेनाइज्ड इन्फेन्ट्रीका एक अधिकारीसँग भएको छ।

कुरैशी सन् १९९९ मा १७ वर्षको उमेरमा भारतीय सेनामा प्रवेश गरेकी थिइन्। उनले ६ वर्षसम्म संयुक्त राष्ट्रको शान्ति सेनामा समेत काम गरेकी छन्।

व्योमिका सिंह

विंग कमाण्डर व्यामिका सिंह दोस्रो अधिकारी थिइन्, जसले सेनाको ‘अपरेशन सिन्दूर’ बारे सञ्चारमाध्यमलाई जानकारी दिइन्। सिंह इण्डियन एयर फोर्समा हेलिकप्टर पाइलट हुन्। उनी बाल्यकालदेखि नै पाइलट बन्न चाहेकी थिइन्।

उनको नामको अर्थ ‘आकाशसँग जोड्ने व्यक्ति’ हो र यो नामले उनको महत्वकांक्षालाई आकार दियो।

सिंह नेशनल क्याडेट कोर अर्थात एनसीसीमा थिइन् र उनले इन्जिनियरिङ अध्ययन गरेकी छन्। उनले सन् २०१९ मा भारतीय वायुसेनाको फ्लाइङ ब्रान्चमा पाइलटका रूपमा प्रवेश गरेकी थिइन्।

सिंहले २५ सय घण्टाभन्दा बढी उडान गरेकी छन्। उनले जम्मु–कश्मीर र पूर्वोतर भारतमा कठिन परिस्थितिमा ‘चेतक’ र ‘चिता’ जस्ता हेलिकप्टर उडाएकी छन्।

सिंहले कैयौँ राहत अभियानमा आफ्नो भूमिका वहन गरेकी छन्। जसमध्ये एक अपरेशन अरुणाचल प्रदेशमा नोभेम्बर २०२० मा भएको थियो।(बीबीसीको सहयोगमा)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast