श्रम प्रशासनलाई थप व्यवस्थित गरेर अघि बढ्छौँ : मन्त्री भण्डारी

हिमाल प्रेस २४ वैशाख २०८२ १६:३५
18
SHARES
श्रम प्रशासनलाई थप व्यवस्थित गरेर अघि बढ्छौँ : मन्त्री भण्डारी

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम प्रशासनलाई थप व्यवस्थित गर्दै अघि बढ्ने बताएका छन्।

नेपाल ट्रेड युनियन कांग्रेसले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले श्रम कार्यालयलाई प्रदेशसँग जोड्ने गरि काम भइरहेको बताएका हुन्।

श्रमसम्बन्धी कार्यलाई पारदर्शी बनाउनका लागि सबै सेवा, सूचनाहरुलाई एकीकृत गर्ने काम भएको उनले बताए। उनले रोजगारीको विकल्प रोजगारी नै हुने भएको हुनाले त्यसका लागि सबै पक्ष मिलेर काम गर्नुपर्ने समेत बताए।

मन्त्री भण्डारीले रोजगारीलाई सीपसँग जोड्नसके देशभित्र पनि थुप्रै रोजगारहरु सृजना गर्न सकिने दाबी गरे। उनले श्रम क्षेत्रमा देखिएको समस्याहरु एक अर्कामाथि आरोप लगाएर पन्छिन नमिल्ने भन्दै सरकार, टे«ड युनियन र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्नेमा जोड दिए।

मन्त्री भण्डारीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा श्रमिकहरुको हकहितलाई ध्यानमा राखी सामाजिक सुरक्षामा अनिवार्य लागु हुने कार्यक्रम अगाडि सारिएको भन्दै त्यसका लागि आवश्यक ऐन, कानुनहरु संशोधन हुने जानकारी दिए।

प्रकाशित: २४ वैशाख २०८२ १६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast