सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी धौवजीलाई

हिमाल प्रेस २४ वैशाख २०८२ १६:१८
34
SHARES
सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी धौवजीलाई

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सुचना अधिकारिको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) कालिदास धौवजीलाई दिइएको छ।

यसअघि प्रवक्ता तथा सुचना अधिकारी रहेका सशस्त्र प्रहरी नायवमहानिरीक्षक कुमार न्यौपानेको सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरीमा बाहिनिपतिको जिम्मेवारीमा सरुवा भएपछि सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीलाई यो जिम्मेवारी दिइएको हो।

नायव महानिरीक्षक धौवजी यसअघि सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको बाहिनीपति थिए। उनलाई मोबाईल नम्बर ९८५१२७२००७ र ईमेल ठेगाना [email protected]. मा सम्पर्क गर्न सकिने सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित: २४ वैशाख २०८२ १६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast