शिक्षकको बिरामी बिदाको अवधिमा पर्ने सार्वजनिक बिदा पनि बिरामी बिदामै गणना हुने

हिमाल प्रेस २४ वैशाख २०८२ १५:३९
308
SHARES
शिक्षकको बिरामी बिदाको अवधिमा पर्ने सार्वजनिक बिदा पनि बिरामी बिदामै गणना हुने

काठमाडौँ- सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले लिएको बिरामी बिदाको अवधिमा परेका सार्वजनिक बिदा पनि अब बिरामी बिदामै गणना हुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस सम्बन्धमा स्पष्ट निर्देशन जारी गरेको हो।

राष्ट्रिय किताबखाना (शिक्षक), ताहाचलले मन्त्रालयलाई पठाएको पत्र (पत्र संख्या ३४६७, मिति २०८१।१०।०८) मा यस विषयमा स्पष्ट निर्देशन माग गरिएको थियो। त्यसको जवाफस्वरूप मन्त्रालयले २०८२।०१।१४ मा सचिवस्तरमा भएको निर्णय अनुसार स्पष्ट पारेको हो कि बिरामी बिदा लिएको अवधिमा यदि कुनै सार्वजनिक बिदा परेको खण्डमा ती सार्वजनिक बिदा दिनहरू पनि बिरामी बिदामै समावेश हुनेछन्।

शाखा अधिकृत उषा लामिछानेद्वारा जारी गरिएको पत्रमा भनिएको छ- निर्णयअनुसार अब शिक्षकहरूलाई स्वीकृत गरिएको बिरामी बिदा अवधि र सार्वजनिक बिदाको दिन छुट्टै रूपमा गन्न नपर्नेछ।

यो निर्णयले बिदा व्यवस्थापनमा एकरूपता ल्याउने र विद्यालय प्रशासनलाई स्पष्ट मार्गदर्शन प्रदान गर्ने गर्ने बताइएको छ।

प्रकाशित: २४ वैशाख २०८२ १५:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast