सञ्चारमाध्यमले प्रयोग गर्ने भाषा सुहाउँदो भएन : प्रधानमन्त्री

हिमाल प्रेस २४ वैशाख २०८२ १५:२६
20
SHARES
सञ्चारमाध्यमले प्रयोग गर्ने भाषा सुहाउँदो भएन : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली। फाइल तस्बिर।

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चारमाध्यममा प्रयोग गरिने भाषा सुहाउँदो नभएको बताएका छन्।

गोरखापत्र प्रकाशनको १२५ औँ वर्ष प्रवेशका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली सञ्चारमाध्यमका भाषा देशका विशिष्ट व्यक्तिहरुलाई अनादर हुने प्रकारको रहेको र सुहाउँदो नभएको बताएका हुन्।

उनले कसैले पनि नेपाली भाषाको कद घटाउने काम गर्न नहुने धारणा राखे। प्रधानमन्त्री ओलीले निरकुंशकालमा जस्तो शासकबाट कुनै हस्तक्षेप नहुने भएकाले आफ्नो ब्रम्हले देखेको कुरा लेख्न अहिले गोरखापत्र प्रकाशन स्वतन्त्र रहेको जिकिर गरे।

मुलुकको सभ्यता र संस्कृतिका क्षेत्रका साथै अर्थतन्त्र र नेपाली भाषाको विकासका लागि गोरखापत्रले दिएको योगदानको उनले प्रशंसा गरे।

प्रधानमन्त्री ओलीले नकारात्मक टिप्पणी गर्ने, कृत्रिम बौद्धिकताको प्रयोग गरेर चरित्र हत्या गर्ने र झुटलाई सही भनेर फैलाउने प्रवृत्ति बोकेका सञ्चारमाध्यमसँग गोरखापत्रले सामना गर्नुपर्ने बताए।

कार्यक्रममा प्रधानमन्त्री ओलीले वरिष्ठ पत्रकार एवं संस्थानका पूर्व अध्यक्ष विजय चालिसेलगायतलाई उत्कृष्ट पत्रकार र कर्मचारीलाई पुरस्कार प्रदान गरेका थिए।

प्रकाशित: २४ वैशाख २०८२ १५:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast