भारतीय हवाई आक्रमणमा जैश–ए–मोहम्मदका प्रमुख मसुदका परिवारका १४ जनाको मृत्यु

हिमाल प्रेस २४ वैशाख २०८२ १५:१६
100
SHARES
भारतीय हवाई आक्रमणमा जैश–ए–मोहम्मदका प्रमुख मसुदका परिवारका १४ जनाको मृत्यु

काठमाडौँ- भारतीय आक्रमणमा परी आतंकवादी संगठन जैश–ए–मोहम्मदका प्रमुख मसुद अजहरका पारिवारका १० सदस्य र चार सहयोगीको मृत्यु भएको छ।

भारतले गएराति पाकिस्तानमा गरेको आक्रमणमा परी मसुदका परिवारका सदस्यहरूको ज्यान गएको हो।

जैश–ए–मोहम्मद (जेईएम) ले बुधबार विज्ञप्ति निकालेर मृतकहरूमा मसुदकी दिदी र भिनाजु, भान्जा, भान्जाकी श्रीमती, भान्जी र परिवारका पाँच बालबालिका रहेको जनाएको छ।

त्यस्तै आक्रमणमा मसुदका तीन जना नजिकका सहयोगी र एक सहयोगीकी आमाको पनि ज्यान गएको जेईएमले जनाएको छ।

पाकिस्तानको बहावलपुरमा ‘सुभान अल्लाह’ मस्जिदमा भारतीय सेनाले गरेको आक्रमणमा मसुदका परिवारका सदस्यहरूको ज्यान गएको हो।

फेब्रुअरी २०१९ मा जैश–ए–मोहम्मदले भारतको जम्मु–कश्मीरमा आत्मघाती विस्फोट गरेको थियो, जसमा ४० सैनिकको मृत्यु भएको थियो।

भारतीय सेनाकी कर्नल सोफिया कुरैशीले बुधबार पत्रकार सम्मेलन गरेर भारतको सशस्त्र बलले गएराति स्थानीय समयअनुसार १ बजेर ५ मिनेटदेखि साढे एक बजेका बीच ‘अपरेशन सिन्दुर’ चलाएको थियो।

२२ अप्रिलमा पहलगाममा भएको विभत्स आतंकवादी आक्रमणमा ज्यान गुमाएका परिवारलाई न्याय दिलाउन ‘अपरेसन सिन्दुर’ चलाइएको उनले बताइन्।

पाकिस्ताले भारतीय आक्रमणमा २६ जनाको मृत्यु र ४६ जना घाइते भएको बताएको छ। भारतीय सञ्चारमाध्यमहरूले भने कम्तीमा ९० जनाको मृत्यु भएको दाबी गरेको छ।
त्यस्तै नियन्त्रण रेखामा पाकिस्तानका तर्फबाट भएको गोलीबारीमा १० सर्वसाधरणको मृत्यु र ३२ जना घाइते भएको भारतले जनाएको छ।

प्रकाशित: २४ वैशाख २०८२ १५:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast