
काठमाडौँ- नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गराउनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा मैनालीले सरकारले दृढ संकल्पसहित नयाँ योजना र कार्यक्रमका साथ नीति तथा कार्यक्रम ल्याएको भन्दै यसलाई पारित गराउनेतर्फ सकारात्मक पहल हुनुपर्ने धारणा राखे।
सरकारले हिम्मत र साहसका साथ परम्परागत नीति तथा कार्यक्रमकलाई क्रमभंग गर्दै ल्याएको उनको भनाइ छ। सांसद मैनालीले प्रतिपक्षी दलका सांसदले तथ्यपरक र सत्यपरक भनाइ राख्दै नीति तथा कार्यक्रममाथि सकारात्मक टिप्पणी गर्नुपर्नेमा धारणा राखे।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र मुलुकको आर्थिक विकासका लागि राजनीतिक दलहरूबीच साझा धारणा र दृष्टिकोणका साथ अगाडि बढ्न आवश्यक रहेको औँल्याए।
प्रकाशित: २४ वैशाख २०८२ १३:३८
प्रतिक्रिया