नेपालीहरूको दुःख र पीडामा बेवास्ता नगर्न नेपाली दूतावासलाई रास्वपाको ध्यानाकर्षण

हिमाल प्रेस २४ वैशाख २०८२ १३:०७
10
SHARES
नेपालीहरूको दुःख र पीडामा बेवास्ता नगर्न नेपाली दूतावासलाई रास्वपाको ध्यानाकर्षण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डीपी) अर्यालले भारतस्थित नेपाली राजदूतावासले नेपालीहरूको दुःख र पीडामा बेवास्ता गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले नेपालीहरू राजदूतावासमा कुनै सिफारिस लिन जाँदा चर्को शुल्क लिने गरेको गुनासो आएको बताए।

उनले भारतमा सन्तान जन्माएका नेपालीहरूले नेपाल फर्किएपछि नेपाली नागरिक लिन खोज्दा सकस परेको समेत गुनासो आएको बताए।

उनले भारतमा रहेका नेपाली उद्योगी तथा व्यवसायीहरूले नेपालमा लगानी गर्न खोज्दा सरकारले सहयोग नगरेको समेत जिकिर गरे। कार्यवाहक सभापति अर्यालले भारतमा रहेको नेपालीहरूको समस्या सम्बोधनमा सरकारले चासो देखाउनुपर्ने बताए।

प्रकाशित: २४ वैशाख २०८२ १३:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast