
काठमाडौँ- नेकपा माओवादी केन्द्रले धितोपत्र बोर्डले परियोजनासँग बार्गेनिङ गरेको आरोप लगाएका छन्। उनले बोर्डले साना परियोजनासँग ५ प्रतिशत र ठुला आयोजनासँग ७ प्रतिशतसम्म कमिसनको बार्गेनिङ गरेको बताएका छन्।
उनले जलविद्युत् परियोजनाको आईपीओ जारी गर्ने कार्य रोकिएको विषयमा पनि छानबिन गर्न माग राखेका छन्।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै माओवादी सांसद माधव सापकोटाले धितो पत्र बोर्डमा कमिसनको खेलका कारण एक हजार ९ प्वाइन्ट ५२ मेगावाटका क्षमता रहेका ४३ जलविद्युत आयोजनाका ८९ वटा कम्पनीहरूको ५६ अर्व ७ करोड ९३ लाख २७ हजार एक सय ३२ रुपैयाँ आइपीओको अनुमति रोकिएको समाचार आइरहेको भन्दै सभामुखमार्फत सरकारलाई छानबिन गर्न निर्देशन दिन माग गरे ।
प्रकाशित: २४ वैशाख २०८२ १२:११
प्रतिक्रिया