मध्यरातमा भारतले किन गर्‍यो ‘सिन्दुर अपरेसन’ नामको आक्रामण?

हिमाल प्रेस २४ वैशाख २०८२ ११:३५
26
SHARES
मध्यरातमा भारतले किन गर्‍यो ‘सिन्दुर अपरेसन’ नामको आक्रामण?

भारतले गए राति पाकिस्तानी सीमा क्षेत्र कश्मीरमा हमला गर्दा ठूलै मात्रामा जनधनको क्षति भयो।

यसअघि जम्मु कश्मिरको पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ मारिएको घटनाको १५ दिनमा भारतले पाकिस्तानमाथि आक्रमण गरेको हो। जुन घटनामा आफ्ना पतिको हत्या भएको भन्दै ‘सिन्दुर अपरेसन’ नाम दिएर यो आक्रामण गरिएको हो।

अप्रिल २२ यता दुई देशले एक अर्कालाई विभिन्न विषयमा प्रतिबन्ध लगाउँदै आएका थिए। पाकिस्तानी अधिकारीहरूले आक्रमणबाट कम्तिमा ८ जनाको मृत्यु र ३५ जना घाइते भएको बताएको छ।

पाकिस्तानले भारतीय आक्रमणको जबाफ दिने भनिसकेको छ। उसले भारतीय पक्षले हानेको ५ वटा फाइटर जेट खसालेको दाबी पनि गरेको छ। फ्रान्समा निर्मित तीनवटा राफेल विमान र दुइटा रुसमा बनेका लडाकु जहाज खसालेको पाकिस्तानले दाबी गरेको छ। बीबीसी

प्रकाशित: २४ वैशाख २०८२ ११:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast