
काठमाडौँ-सुनको मूल्य आज तोलामा १ हजार ७०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेर कारोबार भएको हो।
जसअनुसार बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको छ। मंगलबार तोलामा १ लाख ८९ हजार ९०० कायम थियो।
यसैबीच चाँदीको मूल्य भने स्थिर रहेको छ। मंगलबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार पनि सोही मूल्य कायम भएको हो।
प्रकाशित: २४ वैशाख २०८२ ११:०५
प्रतिक्रिया