
बागलुङ- बागलुङ नगरपालिका-४ श्रीनटोलमा तीनतलामाथिबाट खसेर एक जना वृद्धाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीका अनुसार आज बिहान ४ः४५ बजे तेस्रो तलाको झ्यालबाट खसेर ९१ वर्षीया ज्ञानमाया खड्काको घटनास्थलमै मृत्यु भएको हो।
शव परीक्षणका लागि लागि धवलागिरि प्रादेशिक अस्पतालमा राखिएको छ।
प्रकाशित: २४ वैशाख २०८२ १०:२८
प्रतिक्रिया