सर्‍यो लोसपाको महाधिवेशन

हिमाल प्रेस २४ वैशाख २०८२ ९:१२
120
SHARES
सर्‍यो लोसपाको महाधिवेशन

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले तयारी नसकिएको भन्दै महाधिवेशन पछाडि धकेलेको छ। स्थापनापछि पहिलो पटक गर्न लागेको महाधिवेशन लोसपाले आगामी साउनभित्रमा गर्ने निर्णय गरेको छ। लोसपाले नयाँ मिति भने तोकेको छैन।

यसअघि भदौ १९ र २० गते सम्पन्न केन्द्रीय पदाधिकारी समितिको बैठकले महाधिवेशन आगामी बैशाख २६ गते गर्ने निर्णय गरेको थियो। तर, केही जिल्लामा पालिकास्तरका अधिवेशन सम्पन्न नहुँदा महाधिवेशनको तयारी प्रभावित भएको लोसपा महासचिव मनिष मिश्रले जानकारी दिए।

उनले यसअघि बसेको शीर्ष नेतृत्व एवं केन्द्रीय सचिवालयको बैठकले साउनमा महाधिवेशन गर्ने निर्णय लिएको हो।

पार्टी अध्यक्ष महन्थ ठाकुरद्वारा जारी प्रेसविज्ञप्तिमा महाधिवेशन अघि सदस्यता नविकरण र वडा–पालिका अधिवेशनसहित अन्य आवश्यक तयारी कार्यहरू यथासिघ्र सम्पन्न गर्न निर्देशन समेत जारी गरेको छ। महाधिवेशनलाई सफल बनाउन सबै तहका संरचनाहरूलाई सक्रिय बनाउन निर्देशन दिएको महासचिव मिश्रले जानकारी दिए।

प्रकाशित: २४ वैशाख २०८२ ९:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast