गुजरातसँग हार्‍यो मुम्बई

हिमाल प्रेस २४ वैशाख २०८२ ७:०४
56
SHARES
गुजरातसँग हार्‍यो मुम्बई

काठमाडौँ- मुम्बई इन्डियन्सलाई हराउँदै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्षस्थानमा उक्लिएको छ।

मुम्बईले जितका लागि २० ओभरमा १५६ रनको लक्ष्य प्रस्तुत गरेकोमा वर्षाका कारण १९ ओभरमा घटाइएको खेलमा ओभरमा १४७ रनको लक्ष्य पाएकोमा उक्त लक्ष्य ७ विकेटको क्षतिमा पूरा गर्‍यो।

गुजरातका लागि कप्तान शुभमन गिलले सर्वाधिक ४३ रन बनाए। उनले ४६ बलमा ३ चौका र १ छक्का प्रहार गरे। जस बटलरले ३० र शेर्फान रदरफर्डले २८ रनको योगदान दिए।

मुम्बईका लागि जसप्रित बुमराहले गिल र शाहरुख खानलाई बोल्ड गर्दै एक समय खेलमा फर्काएका थिए। तर अन्तिम ओभर र कप्तान पान्ड्याको खराब बलिङ घातक बन्यो। बुमराह, बोल्ट र अश्वनीले २-२ तथा चाहरले १ विकेट लिए ।

त्यसअघि टस जितेर गुजरातले मुम्बईलाई ब्याटिङको लागि मैदानमा उतार्यो। मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै १५५ रन मात्र जोड्यो।

ओपनर रायन रिकल्टन २ रनमा र रोहित शर्मा ७ रनमा आउट हुँदा मुम्बईले २६ रन मात्र जोडेको थियो। यसपछि विल ज्याक्स र सूर्य कुमार यादवले तेस्रो विकेटको लागि ७१ रनको साझेदारी गरे।

सूर्य कुमार ३५ रनमा आउट भए। अर्धशतक बनाएको विलले ३५ बलबाट ५३ रन जोडे। कोर्बिन बोचले २७ रन बनाए । तीन खेलाडी बाहेक अन्यले दोहोरो रन जोड्न सकेनन् ।

गुजरात ११ खेलमा ८ जितसँगै १६ अंक बोकेर शीर्षस्थानमा उक्लेको छ। चौथो स्थानको मुम्बईको १२ खेलमा १४ अंक छ । भोली आईपीएलमा कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्स भिड्नेछन्।

प्रकाशित: २४ वैशाख २०८२ ७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast