बागमतीमा बुधबार सार्वजनिक बिदा

हिमाल प्रेस २४ वैशाख २०८२ ६:४८
20
SHARES
बागमतीमा बुधबार सार्वजनिक बिदा

काठमाडौँ- बागमती प्रदेशमा बुधबार सार्वजनिक बिदा छ। प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा बिदा दिने निर्णय गरेको प्रदेश सरकारले जनाएको छ।

प्रदेश सरकारी कामकाजी भाषा ऐन २०७९ कार्यान्वयन भएको अवसरमा ‘भाषा दिवस’ मनाउने गरी प्रदेशभर सावजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले जानकारी दिइन्।

गत वर्ष वैशाख २४ गते प्रदेश सरकारी कामकाजी भाषा ऐन-२०८० कार्यान्वयन भएको थियो। यससँगै नेपालीसँगै नेवार र तामाङ भाषालाई पनि बागमती प्रदेशको सरकारी कामकाजी भाषा बनेको थियो।

दिवसका अवसरमा बुधबार बिहान संघीय राजधानी काठमाडौंको शान्तिबाटिका र प्रदेश राजधानी हेटौँडामा कार्यक्रम हुँदैछ।

प्रकाशित: २४ वैशाख २०८२ ६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast