पाकिस्तानमाथि भारतको हवाईफायर, विभिन्न स्थानमा आक्रामण

हिमाल प्रेस २४ वैशाख २०८२ ६:३१
54
SHARES
पाकिस्तानमाथि भारतको हवाईफायर, विभिन्न स्थानमा आक्रामण

काठमाडौँ- भारतले मंगलबार राति पाकिस्तानमाथि हवाई (क्षेप्यास्त्र) आक्रामण गरेको छ। गत अप्रिल २२ मा भारत प्रशासित कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको बदलास्वरूप आक्रामक भएको बताइएको छ।

भारतीय समयअनुसार बुधबार राति १:३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा ‘अपरेसन सिन्दुर’ अन्तर्गत भारतले हवाई आक्रमण गरेको हो।

उक्त आक्रमणमा कम्तीमा २६ जनाको ज्यान गएको थियो, जसमा अधिकांश पर्यटक रहेका थिए।आतंककारीहरूले पहलगामबाट करिब पाँच किलोमिटर टाढा रहेको बैसरन नामक हरियाली पहाडी क्षेत्रमा घुम्न गएका मानिसहरूलाई लक्षित गरी अन्धाधुन्ध गोली प्रहार गरेका थिए।

आक्रमणबाट बाँचेका केही प्रत्यक्षदर्शीहरूका अनुसार बन्दुकधारीहरूले विशेष गरी हिन्दू पुरुषहरूलाई लक्षित गरेका थिए।

भारतीय सुरक्षास्रोतका अनुसार आक्रमणमा संलग्न भएको आशंका गरिएका चार आतंककारीमध्ये दुई जना पाकिस्तानी नागरिक भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। यद्यपि पाकिस्तानले आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ। घटनापछिको सुरक्षाकर्मीहरूको खोजी अभियान अझै जारी छ।

भारत र पाकिस्तानबीच यस घटनापछि सम्बन्ध थप चिसिएको छ। क्षतिको विवरण आउन बाँकी छ। एजेन्सी

प्रकाशित: २४ वैशाख २०८२ ६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast