अन्डर-१९ साफ

यू-१९ साफ च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली भारत प्रस्थान

हिमाल प्रेस २३ वैशाख २०८२ २१:१४
6
SHARES
यू-१९ साफ च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली भारत प्रस्थान

काठमाडौं– अण्डर–१९ साफ च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोलि मंगलबार भारत प्रस्थान गरेको छ।

च्याम्पियनसिप भारतको अरुणाचल प्रदेशस्थित युपियाको गोल्डेन जुबिली रंगशालामा वैशाख २६ देखि जेठ ४ सम्म सञ्चालन हुनेछ।

प्रतियोगितामा पाकिस्तानबाहेक दक्षिण एसियाका ६ राष्ट्र सहभागी हुनेछन्। समूह ‘बी’ मा नेपालसँगै घरेलु टोली भारत र श्रीलंका रहेका छन्। समूह ‘ए’ मा माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन्।

नेपालले श्रीलंकाविरुद्धको खेलबाट प्रतियोगीताको सुरुवात गर्नेछ भने जेठ ३० मा भारतसँग प्रतिस्पर्धा गर्नेछ।

दुवै समूहबाट उत्कृष्ट दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलका दुवै खेल जेठ २ मा हुनेछ। फाइनल खेल भने जेठ ४ मा खेलिनेछ।

यो दक्षिण एसियाली क्षेत्रअन्तर्गतका पुरुष १९ वर्ष मुनिका टोलीहरूको प्रतियोगिताको सातौँ संस्करण हो। भारतले सन् २०१९, २०२२ र २०२३ मा उपाधि जित्दै सबैभन्दा सफल टोली बनेको छ। नेपालले २०१५ र २०१७ मा उपाधि जितेको छ भने बंगलादेश सन् २०२४ को विजेता हो।

नेपाली उर्जन श्रेष्ठको प्रशिक्षणमा प्रतियोगितामा सहभागी हुँदैछ।

नेपाली टोली :

गोलकिपरहरू : भक्तबहादुर परियार, उपेन्द्र ल्वागुन, विशाल बानिया

डिफेन्डरहरू : रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुषाङ नेम्बाङ, मदन पौडेल, राम थापा, विजय उर्वा, सिद्धान्त खड्का

मिडफिल्डरहरू : कृष्णबहादुर आले, क्रिश थापा मगर, सरोज दरलामी, लछु थापा, सबिन कुमार लुङेली मगर, रञ्जित लामा, सुभाष बम, विज्ञान खड्का

फरवार्डहरू : पवन पाख्रिन, धर्मेन्द्र कुँवर, सुजन डंगोल, प्रसुन तामाङ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast