घरायसी झगडामा पोखरामा एक दम्पतीको मृत्यु

हिमाल प्रेस २३ वैशाख २०८२ २०:३२
360
SHARES
घरायसी झगडामा पोखरामा एक दम्पतीको मृत्यु

पोखरा– पोखरामा घरायसी झगडामा एक दम्पतीको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटास्थित आयुर्वेदपथ बस्ने ५७ वर्षीय ऋषिराम बरालले आफ्नी कान्छी श्रीमती देवी पराजुलीको हत्या गरेका हुन्। साथै, उनले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

ऋषिरामका दुई श्रीमतीमध्ये उनी कान्छी देवी पराजुलीसँग बस्दै आएका थिए।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले भने, ‘दुवै बीच घरायसी झगडा भएको देखिन्छ। घटनास्थलबाट दुईवटा चक्कू र मेटासिनको खाली बट्टा पनि बरामद भएको छ।’

मेटासिन खाए–नआएको भने पोस्टमार्टम रिपोर्टपछि थाहा हुनेछ। घटनामा घाइते श्रीमतीको सोमबार साँझ गण्डकी मेडिकल कलेज लगिएकोमा चिकित्सकले तत्कालै मृत घोषणा गरेका हुन्। श्रीमानको भने मंगलबार बिहान मृत्यु भएको हो।

प्रकाशित: २३ वैशाख २०८२ २०:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast