पूर्वमन्त्री प्रदीप नेपालको निधन

हिमाल प्रेस २३ वैशाख २०८२ १८:०६
54
SHARES
पूर्वमन्त्री प्रदीप नेपालको निधन

काठमाडौँ- नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ।

केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित उनको आज उपचारका क्रममा काठमाडौँस्थित नर्भिक अस्पतालमा निधन भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वमा गठित पहिलो वामपन्थी सरकारमा उनी सूचना तथा सञ्चारमन्त्री थिए। उनले जलस्रोत र शिक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका थिए।

एमालेको पोलिटब्युरो सदस्य भइसकेका उनले पत्रकारिता एवं साहित्य विधामा निरन्तर कलम चलाउँदै आएका थिए।

नेपालले एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा प्रवक्ताका रूपमासमेत काम गरेका थिए। उनी २०५६ सालमा काठमाडौ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने त्यसअघि राष्ट्रियसभा सदस्य रहेका थिए।

नवयुग, दृष्टि, छलफल, प्रकाश साप्ताहिकमा सम्पादक भएका नेपाल विभिन्न पत्रपत्रिकामा लेख, रचना र नियमित स्तम्भकारका रूपमा पनि सक्रिय थिए। भूमिगत कालमा उनी सञ्जय थापाका नाममा परिचित थिए।

नेपालको जन्म २०१० साल पुस २८ गते भोजपुरको गोगने गाउँमा भएको थियो।

प्रकाशित: २३ वैशाख २०८२ १८:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast