भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को ७५औँ वार्षिकोत्सवको अवसरमा दूतावासमा विशेष कार्यक्रम

हिमाल प्रेस २३ वैशाख २०८२ १७:०९
16
SHARES
भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को ७५औँ वार्षिकोत्सवको अवसरमा दूतावासमा विशेष कार्यक्रम

काठमाडौँ- भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को ७५औँ वार्षिकोत्सवको अवसरमा नेपालस्थित भारतीय दूतावासले सांगीतिक साँझ तथा पूर्वविद्यार्थी भेटघाट कार्यक्रम आयोजना गरेको छ।

दूतावास प्राङ्गण लैनचाैरमा सम्पन्न उक्त कार्यक्रममा नेपालका पूर्वराष्ट्रपति डा.रामवरण यादव प्रमुख अतिथिको रूपमा सहभागी भए। कार्यक्रममार्फत नेपाल र भारतबीचको गहिरो सांस्कृतिक सम्बन्धलाई संगीत र नृत्यमार्फत उजागर गरिएको थियो।

पूर्वराष्ट्रपति यादव स्वयं पनि परिषद्का छात्र रहिसकेकाले उनले भारत र नेपालको ऐतिहासिक तथा सभ्यतामूलक सम्बन्धको स्मरण गर्दै यस सम्बन्धलाई अझ सुदृढ बनाउन सांस्कृतिक आदानप्रदानको महत्त्व औँल्याए। कार्यक्रममा उनले दुवै देशबीचको दीर्घकालीन मित्रताको प्रतीकस्वरूप ‘टाँकी’ बिरुवा रोपेका थिए।

सो अवसरमा पूर्वविद्यार्थीहरूले परिषद्ले आफ्नो जीवनमा पुर्‍याएको सकारात्मक प्रभावका प्रेरणादायी अनुभवहरू सुनाए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतीय सांस्कृतिक सम्बन्ध परिषद्ले दुई देशबीचको जनस्तरको सम्बन्ध तथा सांस्कृतिक समन्वयमा खेलेको भूमिकाको चर्चा गरे।

उनले दूतावास नेपाल-भारत सम्बन्धलाई अझ मजबुत बनाउन सधैँ प्रतिबद्ध रहने स्पष्ट पारे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast