जुम्लामा सेनाद्वारा बृहत् स्वास्थ्य शिविर सञ्चालन, ५५६ जनाले लिए सेवा

हिमाल प्रेस २३ वैशाख २०८२ १५:०९
18
SHARES
जुम्लामा सेनाद्वारा बृहत् स्वास्थ्य शिविर सञ्चालन, ५५६ जनाले लिए सेवा

जुम्ला- कनकासुन्दरी गाउँपालिका-६ स्थित गोरुचौरमा नेपाली सेनाले सञ्चालन भएको एकदिने बृहत् स्वास्थ्य शिविरमा ५५६ जनाले निःशुल्क स्वास्थ्य उपचार सेवा लिएका छन्।

सेनाको २४ नंं गुल्म र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ‘जनरल फिजिसियन’, स्त्रीरोग, दन्तरोग विशेषज्ञ चिकित्सकसहितको मेडिकल टोलीद्वारा सोमबार सम्पन्न शिविरमा स्थानीयवासीको स्वास्थ्य जाँच गरिएको सेनाले जनाएको छ।

यहाँको कनकासुन्दरी, सिञ्जा, हिमा, तातोपानी र तिला गाउँपालिका तथा मुगु जिल्लाको खत्याड गाउँपालिका स्थानीयवासीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको थियो। शिविरमा महिला ३१९, पुरुष १८४ र बालबालिका ५३ गरी ५५६ जनाले सेवा लिएको देवीदत्त गण जुम्लाका गणपति प्रमुख सेनानी धीरज थापाले जानकारी दिए।

कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदरप्रसाद आचार्यले पालिकामै पुगेर यहाँका स्थानीयवासीको स्वास्थ्यलाई ध्यानमा राखी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकामा सेनालाई धन्यवाद दिए।

नागरिक र सैनिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ। उपचार सेवा लिएका बिरामीलाई आवश्यक औषधीसमेत निःशुल्क उपलब्ध गराइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast