धनराज गुरुङले भने : भ्रष्टाचार गर्ने-नगर्नेलाई एउटै डालोमा राखेर तुलना गर्नु गलत हो

हिमाल प्रेस २३ वैशाख २०८२ १३:३८
16
SHARES
धनराज गुरुङले भने : भ्रष्टाचार गर्ने-नगर्नेलाई एउटै डालोमा राखेर तुलना गर्नु गलत हो नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राज्यका विभिन्न निकायमा रहेका सबैको सम्पति छानबिन गर्नुपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा गुरुङले अहिले भ्रष्टाचार गर्ने/नगर्नेलाई एउटै डालोमा राखेर तुलना हुने गरेको भन्दै नेतादेखि कर्मचारीसम्म सबैको सम्पति छानबिन गर्नुपर्ने बताएका छन्।

छानबिन गर्दा स्रोत नखुलेको भेटिए जफत गर्नुपर्ने उनले बताए। गुरुङले दलीय स्वार्थका आधारमा एक नेताले अर्काप्रति गर्ने टिप्पणीले नेताहरु सबै जाली हुन् भन्ने भाष्य जनतामा परेको जिकिर गरे।

उनले सर्वदलीय समिति गठन गरेर संविधान संशोधनको कामलाई अघि बढाउन प्रस्ताव समेत गरे। समानुपातिक प्रतिनिधित्व हुने गरी प्रत्यक्ष निर्वाचन सुनिश्चित गर्नेगरी संविधान संशोधन गर्नुपर्ने उनले बताए ।

प्रकाशित: २३ वैशाख २०८२ १३:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast