
काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजावादी आन्दोलनको चर्को आलोचना गरेका छन्। उनले विगतमै फ्याकिएको राजा भन्ने शब्दको बारेमा चासो राख्नु नपर्ने बताएका छन्। आज प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि बोल्दै गुरुङले
उनले मरेको बाघको जुँगा उखेलेर पुरुषार्थ देखाउनुजस्तै भएको बताए।
उनले गणतन्त्रवादीको कर्मले यो व्यवस्था फलाउनेरफुलाउने र यसका पक्षमा जनमत निर्माण गर्नुपर्नेमा जोड दिए। संविधान कार्यान्वयनको १० वर्षको अनुभवले यसको संशोधन आवश्यक देखिइसकेको उनले उल्लेख गरे।
उनले आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा दलीय आधारमा आफ्नो धारणा राख्दै उक्त माग गरे। सांसद गुरुङले भ्रष्टाचारको अन्त्य गर्दै सुशासनका निम्ति २०४६ सालयता लाभ पदमा पुगेका सबै नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्न शक्तिशाली उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्ने माग गरे।
त्यस्तो आयोगले अध्ययन गरेपछि सम्पत्तिको स्रोत नखुलेमा त्यस्तो सम्पत्ति जफत हुनुपर्ने उनको भनाइ छ।