प्रचण्डको उक्साहटमा शिक्षक आन्दोलन लम्बिएको थियो : योगेश भट्टराई

हिमाल प्रेस २३ वैशाख २०८२ १३:३१
558
SHARES
प्रचण्डको उक्साहटमा शिक्षक आन्दोलन लम्बिएको थियो : योगेश भट्टराई

काठमाडौँ- नेकपा एमालेका सांसद योगेश भट्टराईले संसद्को प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उक्साहटमा शिक्षक आन्दोलन लम्बिएको दाबी गरेका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले सो दाबी गरेका हुन्।

शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघले २०८१ माघ २० गतेदेखि सुरु गरेको आन्दोलन यही वैशाख १७ गते नौबुँदे सहमतिसँगै स्थगित भएको थियो।

‘‘शिक्षकहरू फेरि सडकमा आउनेछन्’ विपक्षी नेताको चेतावनी छ। ‘शिक्षकहरूलाई सडक नछोड, म छु’ भन्नुभयो। जुन (नौबुँदे) सम्झौता नेपाल शिक्षक महासंघ र सरकारका बीचमा भयो त्यो १० दिनअगाडि हुन्थ्यो, १०/१५ दिन अगाडि हुन्थ्यो। उहाँहरूजस्तै नेताहरूको उक्साहटले होला शिक्षक साथीहरू पनि बस्नुभयो। आखिर त्यही सम्झौता त भयो नि!,’ सांसद भट्टराईले संसद् बैठकमा भने।

शिक्षकहरूलाई उक्साउने, कर्मचारीहरूलाई उक्साउने, सुरक्षा निकायमा उत्पात मच्चाउन खोज्ने आजको संसदीय व्यवस्थाको विपक्षी दलको विशेषता नभएको सांसद भट्टराईले बताए।

उनले भने, ‘हिजोको विद्रोहीको विशेषता हो भने त्यसलाई मान्न सकिन्छ। तर आजको संसदीय व्यवस्थामा विपक्षीको यो खालको चरित्र हुन्छ भन्ने मलाई लाग्दैन।’

प्रकाशित: २३ वैशाख २०८२ १३:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast