सांसद ढकालको सरकारलाई चेतावनी- सहमति कार्यान्वयन नगरे आश्वस्त हुन सक्दैनन् शिक्षक

हिमाल प्रेस २३ वैशाख २०८२ १२:०२
920
SHARES
सांसद ढकालको सरकारलाई चेतावनी- सहमति कार्यान्वयन नगरे आश्वस्त हुन सक्दैनन् शिक्षक

काठमाडौँ- सरकारले नेपाल शिक्षक महासंघसँग गरेको नौबुँदे सहमति अब कार्यान्वयनको चरणमा जानुपर्ने प्रतिनिधिसभाका सांसद एकनाथ ढकालले बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद ढकालले सहमति भएका नौ बुँदालाई क्याबिनेटबाट निर्णय गरी सकारात्मक कदम चालेको भन्दै धन्यवाद दिएका छन्। तर उनले अब त्यो सहमति व्यवहारमा उतार्ने बेला आएको स्पष्ट पारे।

‘सरकारले विगतमा पनि सहमति गर्दा उदारता देखाएको भए पनि कार्यान्वयनमा अनुदार हुने गरेको इतिहास छ। त्यसैले शिक्षकहरू अझै आश्वस्त हुन सकेका छैनन्,’ सांसद ढकालले भने। उनले आगामी बजेटमार्फत सहमतिको कार्यान्वयन गर्न जोड दिए।

उनका अनुसार सहमतिमा उल्लेख गरिएका विषयहरू उपचारमा सहुलियत, विद्यालय कर्मचारी र ईसीडी शिक्षकसम्बन्धी व्यवस्था, अस्थायी शिक्षकहरूको सेवा, सामाजिक सुरक्षा कोषमा समावेशीकरण, दुर्गम भत्ता, ग्रेड समायोजन, मर्यादाक्रमको स्पष्टता र तलब समानताको विषय सरकारको प्राथमिकतामा पर्नुपर्नेछन्। राहत शिक्षकहरूको विषयमा पनि ढिलासुस्ती गर्न नहुने उनले ध्यानाकर्षण गराए।

नेपाल शिक्षक महासंघ र सरकारबीच यही वैशाख १७ गते नौबुँदे सहमति भएको थियो। सो सहमति पश्चात महासंघले असार १५ सम्मका लागि आन्दोलन स्थगित गरेको थियो। तर कार्यान्वयनमा ढिलाइ भए पुनः असन्तोष चुलिन सक्ने संकेत शिक्षकतर्फबाट आएका छन्।

विद्यालय कर्मचारीको आन्दोलन जारी, राहत शिक्षक हाई अलर्टमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast