रेशम पक्राउबारे आक्रोशित नाउपा, छानबिन समिति गठन गर्न माग

हिमाल प्रेस २३ वैशाख २०८२ ११:३८
18
SHARES
रेशम पक्राउबारे आक्रोशित नाउपा, छानबिन समिति गठन गर्न माग फाइल तस्बिर/हिमाल प्रेस

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पार्टीका संरक्षक रेशम चौधरी प्रकाउबारे निष्पक्ष छानबिनको माग गरेकी छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदसमेत रहेकी चौधरीले पक्राउ घटनाबारे सार्वजनिक जवाफ माग गरेकी हुन्।

उनले पार्टी एकता कार्यक्रमस्थलबाट सुरु हुनुपूर्व कानुनी प्रक्रियाबिना गिरफ्तार गरिएको बताइन्। ‘कसरी एक निर्वाचित प्रतिनिधि नेता कार्यक्रमस्थलबाट पक्राउ पर्छन् ?’ भन्दै प्रश्न गरिन् ।

चौधरी राष्ट्रिय जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता गर्ने तय भएको दिन वैशाख १७ गते प्रज्ञाभवनबाट पक्राउ परेका थिए । सर्वोच्च अदालतका एक कर्मचारीले जारी गरेको अवैध कागजातबाट पक्राउ परेका उनी सर्वोच्चकै निर्देशनपछि वैशाख १७ गते नै छुटेका थिए ।

प्रकाशित: २३ वैशाख २०८२ ११:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast