अर्थमन्त्रीको बढ्यो दौडधुप : हिजो देउवा भेट, आज प्रचण्ड

हिमाल प्रेस २३ वैशाख २०८२ ९:२८
अर्थमन्त्रीको बढ्यो दौडधुप : हिजो देउवा भेट, आज प्रचण्ड

काठमाडौँ- नयाँ बजेट संसद्मा पेस गर्ने समय नजिकिँदै गर्दा अर्थमन्त्री विष्णु पौडेलको दौडधूप बढेको छ।

बजेट निर्माणको प्रक्रिया सुरु हुँदा उनी सत्तारुढ दलका शीर्ष नेतादेखि प्रतिपक्षी दलका नेताहरू समेत भेटमा व्यस्त छन्। आज मात्रै पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पौडेलले भेटेका छन्।

बजेट निर्माणका विषयमा उनीहरूबीच अध्यक्ष प्रचण्डको निवास खुमलटारमा मंगलबार बिहान छलफल भएको हो। ‘आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श गर्नुभएको छ,’ अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

पौडेलले सोमबार बूढानीलकण्ठ पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि परामर्श गरेका थिए।

सरकारले जेठ १५ गते बजेट ल्याउने गरेको छ। अहिले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ।

प्रकाशित: २३ वैशाख २०८२ ९:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast