एमाले धनुषामा भएन सर्वसम्मति, अब चुनाव

हिमाल प्रेस २३ वैशाख २०८२ ८:५८
4
SHARES
एमाले धनुषामा भएन सर्वसम्मति, अब चुनाव

काठमाडौँ- नेकपा एमाले धनुषाको जिल्ला नेतृत्वको लागि आज चुनाव हुँदैछ । एमाले धनुषाको ८औँ जिल्ला अधिवेशनको बन्दसत्रमा नेतृत्वको लागि सहमति नभएपछि चुनावी प्रक्रिया अघि बढाइएको हो ।

दुवै पक्षले आफ्नो अडान नछाडेपछि नेतृत्व चयन चुनावी प्रक्रियामा गएको बताइएको छ। एमाले केन्द्रीय सचिव रघुवीर महासेठ र जिल्ला इन्चार्जसमेत रहेकी पोलिटब्युरो सदस्य जुलीकुमारी महतोले सहमतिको लागि प्रयास गरेका थिए । तर, उमाशंकर अगरागरिया र प्रदेश सभामुख रामचन्द्र मण्डल पक्ष सहमत नहुँदा चुनावी प्रक्रिया सुरु भएको हो।

सुरुमा जिल्ला अध्यक्षका लागि वर्तमान अध्यक्ष राजकिशोर यादवसहित उपाध्यक्ष भोला यादव, सचिव तेजनारायण यादव, लक्ष्मीनारायण यादव र सन्तोष यादव आकांक्षी देखिएका थिए । तर, सहमतिको प्रयास असफल भएपछि महासेठ–महतो समूहको तर्फबाट अध्यक्ष पदमा भोला यादव र अरगरीया–सभामुख मण्डल समूहबाट लक्ष्मीनारायण यादवलाई अध्यक्षमा उम्मेदवार बनेका छन्।

लक्ष्मीनारायणको टिमबाट उपाध्यक्षमा जयप्रकाश सोनरैत, सचिवमा धीरेन्द्रकुमार मण्डल, उपसचिवामा सुरेश ठाकुर, उपसचिव महिलामा किरण कापरले उम्मेदवारी दिएका छन् ।

अधिवेशनमा ६५० प्रतिनिधिहरू सहभागी छन् । अधिवेशनबाट अध्यक्षलगायत पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गरिने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित: २३ वैशाख २०८२ ८:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast