![कालिमाटीमा तरकारी : गुन्द्रुक ३०० रुपैयाँ, तामा ९० रुपैयाँ [अरू कति?]](https://himalpress.com/wp-content/uploads/2023/03/gundruk.jpg)
काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।
अधिकतम थोक मूल्य निर्धारण अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ३५ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी, मटरकोसा प्रतिकिलो ६० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ५० रुपैयाँ, टाटे सिमी प्रतिकिलो ८० रुपैयाँ, भटमास कोसा प्रतिकिलो १०० रुपैयाँ, तीतो करेला प्रतिकिलो ३० रुपैयाँ, लौका प्रतिकिलो १५ रुपैयाँ, परबर (लोकल) प्रतिकिलो ५० रुपैयाँ कायम गरिएको छ।
यस्तै, सखरखण्ड प्रतिकिलो ५० रुपैयाँ, बरेला प्रतिकिलो ४० रुपैयाँ, पिँडालु प्रतिकिलो ८० रुपैयाँ, स्कूस प्रतिकिलो ४० रुपैयाँ, रायो साग प्रतिकिलो ५० रुपैयाँ, पालुंगो साग प्रतिकिलो ८० रुपैयाँ, चमसुरको साग ८० रुपैयाँ, तोरीको साग प्रतिकिलो २० रुपैयाँ, मेथीको साग प्रतिकिलो ७० रुपैयाँ निर्धारण गरिएको छ।
निगुरो प्रतिकिलो ४० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो ७० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ५० रुपैयाँ, सजीवन प्रतिकिलो ८० रुपैयाँ, कोइरालो प्रतिकिलो १७० रुपैयाँ, रातो बन्दा प्रतिकिलो ४० रुपैयाँ, जिरीको साग प्रतिकिलो ५५ रुपैयाँ, ग्याठकोभी प्रतिकेजी ५० रुपैयाँ, सेलरी प्रतिकिलो १५० रुपैयाँ, पार्सले प्रतिकिलो २५० रुपैयाँ, सौफको साग प्रतिकिलो ९० रुपैयाँ, पुदिना प्रतिकिलो २०० रुपैयाँ, गान्टे मूला प्रतिकिलो ४० रुपैयाँ, इमली प्रतिकिलो १६० रुपैयाँ, तामा प्रतिकिलो ९० रुपैयाँ, तोफु प्रतिकिलो ११० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३०० रुपैयाँ तोकेको छ।