महिला टी२० विश्वकप छनोट खेल : नेपालको पहिलो खेल हङकङसँग

हिमाल प्रेस २३ वैशाख २०८२ ७:१८
4
SHARES
महिला टी२० विश्वकप छनोट खेल : नेपालको पहिलो खेल हङकङसँग

काठमाडौँ- आईसीसी महिला टी२० विश्वकप क्वालिफायर्समा नेपालले पहिलो खेलमा हङकङको सामना गर्ने भएको छ। एसियन क्वालिफायर्सको पहिलो खेलमा नेपालले हङकङको सामना गर्ने तय भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

आगामी मे ९ देखि २० सम्म थाइल्यान्डमा क्वालिफायर्सका खेल हुँदै छन्। क्वालिफायर्समा आयोजक टोली र नेपालसहित कुवेत, भुटान, मलेसिया, कतार, बहाराइन र यूएई गरी कुल नौ राष्ट्र छन्।

नौ टिमलाई तीन समूहमा विभाजन गरिएको छ। जसमा नेपाल समूह ‘सी’मा छ। तालिका अनुसार, नेपालले मे १० मा बहाराइनसँग, मे १३ मा पुनः हङकङसँग र मे १५ मा पुनः बहाराइनसँग खेल्नेछ। प्रतियोगिताबाट शीर्ष दुई टिम ग्लोबल क्वालिफायर्समा छनोट हुनेछन्।

प्रकाशित: २३ वैशाख २०८२ ७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast