किन बस्दैछ एकीकृत समाजवादीको सचिवालय बैठक?

हिमाल प्रेस २३ वैशाख २०८२ ६:५५
16
SHARES
किन बस्दैछ एकीकृत समाजवादीको सचिवालय बैठक?

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ। बैठक आज र भोलि बस्ने पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने पार्टी उपाध्यक्ष एवं केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिएका छन्।

बैठकमा केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वनका विषयमा पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित कमिटीबाट प्राप्त सुझावअनुसार विभागलाई पूर्णता तथा नेताहरूको जिम्मेवारी हेरफेर, आन्तरिक विवाद समाधान, आगामी रणनीतिका विषयमा छलफल हुनेछ।

आगामी आर्थिक वर्षका लागि सरकारद्वारा सार्वजनिक गरिएको नीति तथा कार्यक्रम र बजेटमा पार्टीको तर्फबाट सुझाव दिने, नेता तथा कार्यकर्तालाई राजनीतिक प्रशिक्षण, संसद्को चालु अधिवेशनमा पार्टीको भूमिकालगायत विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

बैठकले समसामयिक राजनीतिक घटनाक्रम, सरकारमा पार्टीको भूमिका, समाजवादी कार्यक्रम, सांगठनिक कार्यक्रम, पार्टीले देशभर सञ्चालन गरेको राजनीतिक अभियानको समीक्षा गरी नयाँ चरणको कार्यक्रम तय गर्ने ज्वालाले बताएका छन्।

प्रकाशित: २३ वैशाख २०८२ ६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast