
काठमाडौँ- इन्डियन प्रिमियर लिग आईपीएल)मा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरबादबीचको खेल वर्षाको कारण रद्द भएको छ। हैदराबादलेलाई जितको लागि १३४ रनको अत्यन्त सहज चुनौती पाएको थियो। वर्षाको कारण हैदराबादले सुरुवात गर्न पाएन। दुवैले एकएक अंक बाँडेका छन्।
यसअघि राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर हैदराबादले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउँदै १३३ रनमा समेटियो।
अत्यन्त खराब सुरुवात गरेको दिल्लीले पहिलो पावर प्लेको समाप्तिमा २६ रन मात्र जोड्दा ४ विकेट गुमाइसकेको थियो।
हैदराबादका बलर प्याट कमयुमिन्सले सानदार सुरुवात दिलाए। उनले पहिलो तीन क्रमका ब्याटर करूण नायरलाई शुन्यमा , फाप डु प्लेसिसलाई ३ रनमा र अभिषेक पोरेललाई ८ रनमा आउट गरे।
लगत्तै कप्तान अक्षर पटेल ६ रनमा र के एल राहुल पनि १० रनमा पबिलियन फर्किए। मात्र २९ रन जोड्दा दिल्लीले २९ रन मात्र बनायो। यसपछि विपराज निगम पनि १८ रन जोडेर रन आउट भए।
त्यसपछि ट्रिस्टान स्टब्सले अविजित ४१ र आठौं क्रमका आशुतोष शर्माले ४१ रन बनाएपछि दिल्ली अत्यन्त कम योगफलमा समेटिनबाट जोगियो।
क्युमिन्सले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिए। दिल्ली ११ अंक सहित लिग तालिकाको पाँचौं स्थानमा छ। ७ अंक जोडेको हैदराबाद आठौं स्थानमा उक्लिएको छ।